काठमाडौं – बिहीवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ रू. १०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार १०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै, बिहीवार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधवार प्रतितोला रू. एक हजार २५० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २४५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. ५ ले घटेको हो ।