Home लगानि निफ्राको आइपिओ आज बाँडफाँड हुँदै

निफ्राको आइपिओ आज बाँडफाँड हुँदै

by अर्थन्यूज

काठमाडौँ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (माघ १६ गते, शुक्रबार) हुँदैछ । उक्त आइपीओकाे बाँडफाँड बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडकाे फेसबुक लाइभ मार्फत हुनेछ ।

प्रि अलोटमेन्ट अनुसार १४ लाख ७५ हजार ८० वटा याेग्य आवेदन रहेका छन् भने ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएकाे छ । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले मागे अनुसार नै पाउनेछन् । त्यसपश्चात ६० कित्ता र त्यहाँ भन्दा माथी आवेदन दिनेकाे गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता गरी ६० कित्तासम्म शेयर प्राप्त गर्नेछन् ।

बैंककाे आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबकाे १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More