Home साधारण सभा नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा आज हुँदै

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा आज हुँदै

by अर्थन्यूज

काठमाडौँ – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (माघ १६ गते, शुक्रबार) हुँदैछ । 

बैंककाे पाैष २१ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १९औं वार्षिक साधारण सभा स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।

सभामा धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) पुनः हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । 

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति गर्ने वा एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा प्रयाेजनका लागि पाैष २९ गते बुकक्लोज गरेको छ । त्यसैले, पाैष २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More