नेपाली बजारमा आज (शुक्रबार) सुनकाे मूल्य स्थिर रहँदा चाँदीकाे मूल्य भने बढेकाे छ ।
बिहीबार ताेलाकाे एक सय रुपैयाँले घटेर प्रतिताेला ९२ हजार रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रही साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ५ सय रुपैयाँ नै कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने ताेलामा ४० रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
Facebook Comments