Home लगानि सानिमा लार्ज क्याप फण्डको इकाईमा मागभन्दा २५ % भन्दा बढी आवेदन

सानिमा लार्ज क्याप फण्डको इकाईमा मागभन्दा २५ % भन्दा बढी आवेदन

by अर्थन्यूज

काठमाडौं – सानिमा लार्ज क्याप फण्डको इकाईमा मागभन्दा २५ प्रतिशतभन्दा बढी आवेदन परेको छ । 

विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन माघ १५ गतेसम्म ७५ हजार ८८४ जनाले १० करोड ६६ लाख ९ हजार ४५० कित्ताको लागि आवेदन दिएका हुन् । 

यस फण्डले माघ ९ गतेदेखि माघ १५ गतेसम्म प्रतिइकाई रू. १० अंकित मूल्यको रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो । प्रतिइकाई रू. १० अंकित दरको कुल इकाईमध्ये यस फण्डले १५ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंक र कोष व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित राखी बाँकी ८ करोड ५० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । 

उक्त इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म खरीदको माग गर्न सकिने व्यवस्था थियो । सानिमा क्यापिटलले सञ्चालन गर्न लागेको यो योजना बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले सात वर्षमा यो योजना परिपक्व हुनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More