Home बैंकिङलघुवित्त मञ्जुश्री फाइनान्सको ऋणपत्र आजदेखि निष्कासनमा

मञ्जुश्री फाइनान्सको ऋणपत्र आजदेखि निष्कासनमा

by अर्थन्यूज

काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले आज (आइतवार) देखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ८ वर्ष अवधिको ‘९ दशमलव ५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ निष्कासन गर्न लागेको हो ।

कम्पनीले एक हजार अंकित मूल्यका रू. ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल ऋणपत्रमध्ये रू. ३० करोड बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रू. २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रमा आवेदन दिने अन्तिम मिति छिटोमा माघ २१ गते र ढिलोमा फागुन २ गतेसम्म रहेको छ ।

कम्पनीले निष्कासन गर्ने उक्त ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ ।

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइएबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि-आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More