Home लगानि नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने अन्तिम मौका सोमबारसम्म मात्रै

नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने अन्तिम मौका सोमबारसम्म मात्रै

by अर्थन्यूज

काठमाडाैं – नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुका लागि पुस २८ गतेबाट निष्काशन तथा विक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिन मौका अब २ मात्र रहेको छ ।

सेयरधनीहरुले उक्त हकप्रदमा माघ १९ गते सोमबार बैंकिङ समयसम्ममा मात्र आवेदन दिन सक्नेछन् । 

कोषले सेयरधनीहरुलाई १:०.८२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३५ लाख ९२ हजार कित्ता हकप्रद सेयरमा सेयरधनीहरुले आवेदन दिन सक्नेछन । 

कोषले  हकप्रद सेयर प्रयोजनको लागि पुस १४ गते कोषले बुकक्लोज गरिसकेकाले पुस १३ गते सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । 

उक्त हकप्रदको बिक्रि प्रबन्धक आरबीबी क्यापिटल रहेको छ ।

कहाँ-कहाँबाट दिने आवेदन ?
सेयरधनीहरुले यो हकप्रद सेयर खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभाभागी बैंक तथा वित्तीय संस्थाहरु, टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर र पोखराबाट, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, भरतपुर, बनेपा, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, हेटौँडा, बिर्तामोडका साथै मेरो सेयरको एप्लीकेशन र मेरो सेयरको वेबसाइट मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More