काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक २६ दशमलव ९५ अंकले घटेर २ हजार ३९८ दशमलव ३४ विन्दुमा पुगेको छ ।
२ हजार ४२५ दशमलव ५३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ११ प्रतिशतले घटेको हो ।
पहिलो घण्टाको अवधिमा १८९ ओटा कम्पनीको १९ हजार २६ पटकको कारोबारमा २१ लाख ८६ हजार ६८२ कित्ता शेयरको रू. १ अर्ब ३६ करोड ३४ लाख बराबरको खरीदविक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म प्रभु लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १० करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ७५० मा कारोबार भइरहेको छ ।