काठमाडौं – सारथी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा रू. ५ करोड ११ लाख नाफा कमाएको छ ।
चुक्तापूँजी रू.२३ करोड ५३ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १५ करोड ४७ लाख सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४४ करोड ४३ लाख खराब कर्जा उठाएको छ । सो अवधिमा कम्पनीले रू. ११ करोड ६१ लाख खुद ब्याज आम्दानी गरेको छ ।
यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा १५९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ४ करोड ४७ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ५०, मूल्य आम्दानी अनुपात २५ दशमलव ७५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ७४ रहेको छ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब २५ करोड १९ लाख सापटि लिएर, रू.७६ करोड २१ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ३० करोड ३८ लाख कर्जा लगानी गरेको हो ।