Home फिचर आइतबार उकालो लाग्यो सुनको तथा चाँदीको भाउ

आइतबार उकालो लाग्यो सुनको तथा चाँदीको भाउ

by अर्थन्यूज

काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानिय बजारमा आइतवार सुनको भाउ रू. १०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतवाबार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला रू. एक हजार २८५ मा कारोबार भएको चाँदी आइतवार १ हजार ३२० मा कारोबार भएको छ । शुक्रवारको तुलनामा आइतबार चाँदी रू. ३५ ले बढेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More