काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले माग गरे बमोजिमको वित्तीय विवरण पेश नगर्दा कम्पनीको कारोबार रोक्का गरिएको हो ।
नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महीनाभित्र पेश गरिसक्नु पर्ने व्यवस्था छ ।
उक्त व्यवस्था बमोजिम हालसम्म वित्तीय विवरण पेश नगरेकाले कम्पनीको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।
Facebook Comments