Home पर्यटन हलेसी मन्दिरमा एक महिनामै लाखौं भेटी सङ्कलन

हलेसी मन्दिरमा एक महिनामै लाखौं भेटी सङ्कलन

by अर्थन्यूज

विश्व प्रशिद्ध धार्मिकस्थल हलेसी मन्दिरमा एक महिनाको अवधिमा ३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाको केन्द्र खोटाङको हलेसीमा गत पुष ८ गतेदेखि माघ ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ३ लाख २६ हजार ४ सय भेटी सङ्कलन भएको हो ।हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिरको शिव-पार्वती थानबाट २ लाख ५४ हजार ४ सय ५० रुपैँया, दानपेटिकाबाट ७१ हजार ९ सय ५० रुपैँया भेटी संकलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो । 

दर्शनार्थी तथा भक्तजनले भारु ५ हजार ७ सय ६० र अमेरिकन डलर २ रुपैयाँ चढाएका छन् । यस्तै, ७३।२ सय २० ग्राम चाँदी र १।३ सय १० ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ । गत वर्ष हलेसीमा रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रकम सहित सुन ११।५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ ।हलेसीमा अहिले दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेका छन् । हलेसीमा स्वदेश सहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतबाट दर्शनार्थी आउने गरेका छन् । हलेसी आउने भक्तजन तथा दर्शनार्थीका लागि आयल निगमको लगानीमा अतिथि गृहसमेत निर्माण भइरहेको जनाइएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More