Home व्यापार स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यको स्मरणमा ‘राजारानी’ रेष्टुरेन्ट सञ्चालनमा

स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यको स्मरणमा ‘राजारानी’ रेष्टुरेन्ट सञ्चालनमा

by अर्थन्यूज

राजा वीरेन्द्रवीर विक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहको आकृति बनाएर भरतपुरमा “राजारानी” रेष्टुरेन्ट सञ्चालन गरिएको छ ।भरतपुर महानगरपालिका–१० सिनर्जी रोडमा प्रभा अधिकारी र चन्द्रविलास अधिकारीले रेष्टुरेन्ट चलाइरहेका छन् । ‘म १२ वर्षको उमेरमा राजा वीरेन्द्रको वंश नाश गरिएको घटनाले मलाई निकै दुःखी बनाएको थियो । अहिले उनैको सम्झनामा राजारानी होटल खोलेको हुँ’ चन्द्रविलासले भने ।रेष्टुरेन्टको भित्तामा राजारानीको आकर्षक आकृति कोरिएको छ ।५० हजारको लागतमा राजारानीको आकृति बनाएको चन्द्रविलासले बताए ।

१४ धुर जग्गामा फैलिएको रेष्टुरेन्टमा एकैपटक ५० जनालाई सेवा दिन सकिने चन्द्रविलासले जानकारी दिए । भाडामा जग्गा लिएर भवन निर्माण गरी रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको उनी बताउँछन् । रेष्टुरेन्ट निर्माणमा ३५ लाख रुपैयाँ खर्च भएको अधिकारीले बताए ।रेष्टुरेन्टमा खाना र खाजाका विभिन्न परिकारहरु पाइन्छ । पोलेको मासु पनि खान पाइने अधिकारीले बताए । रेष्टुरेन्टमा वर्थडे पार्टी पनि गर्न सकिने उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More