Home शेयर बजार इन्भेष्टमेन्ट कम्पनीको आईपीओ आउने

इन्भेष्टमेन्ट कम्पनीको आईपीओ आउने

by अर्थन्यूज

पुँजी बजारमा लगानी गर्नका लागि व्यापारिक घरानादेखि सर्वसाधारणको आकर्षण बढिरहेका बेला विभिन्न पव्लिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) जारी गर्दै आएका छन् । विभिन्न व्यापारिक समूहले इन्भेष्टमेन्ट कम्पनी बनाएर त्यसमार्फत विभिन्न क्षेत्रमा लगानी गरी प्रतिफल दिने प्रचलनको पनि विकास हुँदै आएको छ ।

आम सर्वसाधारणको समेत लगानीमा नयाँ इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी गर्ने तयारी गरेको छन् । इमर्जिङ नेपाल इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी गर्ने योजना बनाएको समूहले इन्भेष्टमेन्ट कम्पनीको आईपीओ जारी गर्ने तयारी गरेका छन्
कम्पनीले शेयर निष्काशन गर्न भन्दै २०७५ चैत्र १ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । आईपीओ निष्कासनका लागि अनुमति दिन अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पु¥याउनु पर्ने बोर्डले भनेको छ । उक्त जानकारी बोर्डले २०७६ भदौ ५ गते नै कम्पनीलाई दिइसकेको जनाएको छ । अब कम्पनील्े चुक्ता पूँजी ५० करोड पु¥याएको जानकारी बोर्डलाई दिए पनि आईपीओ निष्कासनको अनुमति दिने तयारी छ । कम्पनीले हकप्रद निष्काशन गर्दै चुक्ता पूँजी ५० करोड रुपैयाँ पु¥याउने तयारीमा काम गरिरहेको कम्पनीका अध्यक्ष लालमणि जोशीले बताए ।

कम्पनीले स्थापना कालमा निकै ठूला महत्वकाँक्षी योजनामा काम गर्ने उद्देश्य राखेको छ ।

पर्यटन, कृषि, जलस्रोत तथा बैंकिङ लगायतका क्षेत्रमा लगानी गर्ने, नेपाल सरकारका विभिन्न निकायहरूलाई परामर्श सेवा उपलब्ध गराउने,राष्ट्रलाई वित्तीय, शिक्षा, स्वास्थ्य तथा पर्यटन हबको रुपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त कम्पनी स्थापना भएको हो ।

यो कम्पनीमासरकार तथा निजी क्षेत्रका प्रमुख व्यापारिक घराना, पूर्व प्रशासकहरु र बैंकर्सहरुको लगानी रहेको छ । कम्पनीमा सरकारको तर्फबाट आन्तरिक राजस्व कार्यालयका प्रमुख विनोद बहादुर कुँवर निर्देशक छन् । पूर्व प्रशासक लालमणि जोशी अध्यक्ष रहेको कम्पनीमा विशाल ग्रुपका तर्फबाट अशोक अग्रवाल, आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल सञ्चालक समितिमा छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, एनआरएनका पूर्व अध्यक्ष शेष घले, हरिभक्त श्रेष्ठ, सौरभ ज्योति,अम्बिका पौडेल लगायत संस्थापक हुन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More