Home फिचर उद्यमी बन्न चाहनेले ३ प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण पाउने

उद्यमी बन्न चाहनेले ३ प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण पाउने

by अर्थन्यूज

काठमाडौं – उद्यमी बन्न चाहनेले ३ प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण पाउने भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले बढीमा तीन प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण दिने भएको हो । देशमै स्वरोजगार सिर्जना गर्न विभिन्न निकायसँग सहकार्य गरी बैंकले सहुलियतपूर्ण कर्जाको सुविधा दिने भएको हो । राजधानीमा नव प्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालय मार्फत बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको बताउनुभएको छ । कोभिड—१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र बैदेशिक रोजगारीलाई ब्यवस्थीत गदैं देशमै रोजगारीका अवशर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिनु भयो ।

आर्थिक समृद्धीका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङ्को जोड थियो । सोहि कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप ब्यवसाय गर्न चाहनेका लागि अहिले अवशर नै अवशर रहेको बताउदैं युवाहरुमा सोच, संकल्प, निरन्तरता र ब्यवसायिक रणनिति हुनुपर्ने बताउनु भयो । उद्यमीमैत्री वातावरणका लागि सरकारले नेतृत्व लिनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा बैंक तथा बित्तिय संस्था परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी पवन गोल्यानले कम्फट जोनमा बसेर समस्या देखाउनु भन्दा नयाँ अवशरहरुको उपयोग गर्न आग्रह गर्नु भयो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका बिभिन्न सेसनहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, उद्यमी महिला महासंघका अध्यक्ष रिता सिंह, बिजनेश अक्सीजनका अध्यक्ष सिद्रान्तराज पाण्डे, सुविसु केवल नेटका अध्यक्ष सुधिर पराजुली, राष्ट्रिय बाणिज्य बैंकका प्रमुखकार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठ, बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका नवराज पुडासैनी, महिला उद्यमी डा. सुमित्रा गुरुङ् मानन्धर, युनिग्लोव कलेजका प्रिन्सीपल डा. नरबहादुर विष्ट, प्रा.डा राधेस्याम प्रधान लगायतले युवा उद्यमशीलताका चुनौति र अवसरबारे मन्तब्य राख्नु भएको थियो ।

विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफ्नो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई निशुल्क तालीम र सहुलियत कर्जा प्रदान गर्ने बताउनु भयो । सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा सञ्चालन गरेको नवप्रवद्र्धन प्रस्ताव आह्वान ( Start-up  Ideas Call ) कार्यक्रमको प्रवद्र्धनकालागि युनिग्लोव कलेजमा कार्यक्रम आयोजना गरिएको थियो ।
२०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल)  www.startupideacall.org वेबसाइट मार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More