Home ऊर्जा आँखुखोला जलविद्युतले ६ महीनामा कमायो ४० लाखभन्दा बढी नाफा

आँखुखोला जलविद्युतले ६ महीनामा कमायो ४० लाखभन्दा बढी नाफा

by अर्थन्यूज

काठमाडौं – आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षका ६ महीनामा रू. ४० लाख ४६ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी रू. ९१ लाख ५४ हजार घाटामा रहेको थियो ।

यस वर्ष कम्पनीले नाफामा सुधार गरेको हो । गत वर्ष रू. १२ करोड १७ लाखभन्दाबढी विद्युत् विक्रीबाट आम्दानी गरेको उक्त कम्पनीले यस वर्ष रू. १२ करोड १६ लाखभन्दा बढी यो आम्दानी गरेको छ ।
विद्युत् विक्री आम्दानी घटेपनि अन्य स्रोेतवाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढेको हो । 

अघिल्लो वर्ष अन्य स्रोतबाट कुनै पनि आम्दानी नगरेको कम्पनीले यस वर्ष रू. ९ लाख २५ हजारभन्दा बढी यो शिर्षकमा आम्दानी गरेको हो । 

हाल रू. ८० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोष रकम भने रू. २५ करोड ५७ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू. ६३ दशमलव शून्य ३ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More