काठमाडौं – सोमवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा सोमवार सुनको भाउ रू. ५०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतवार प्रतितोला रू. एक हजार ३२० मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार ४०० मा खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदी रू. ८० ले बढेको हो ।