Home बैंकिङलघुवित्त ६ महीनामा सिर्जना फाइनान्सको नाफा २ करोड ३२ लाख

६ महीनामा सिर्जना फाइनान्सको नाफा २ करोड ३२ लाख

by अर्थन्यूज

काठमाडौं – चालू आवको छ (दोस्रो त्रैमास) महीनामा सिर्जना फाइनान्स कम्पनीले रू. २ करोड ३२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशत कमी आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड १२ लाख नाफा कमाएको थियो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३४ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १३ करोड ४९ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १८ करोड १६ लाख पुगेको हो । 

चुक्तापूँजी रू. ८४ करोड ७८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १७ करोड ८१ लाख, रिटेन्ड अर्निङमा रू. १२ करोड ४३ लाख र शेयर प्रिमियममा रू. १२ करोड ३३ लाख सञ्चित गरेको छ । कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ५७ लाख रहेको छ । 

प्रतिशेयर आम्दानी रू. ५ दशमलव ४९, मूल्य आम्दानी अनुपात ३८ दशमलव २५, तरलता अनुपात ३९ दशमलव ८२ र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव १३ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More