काठमाडौं – सोमवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ३१ दशमलव ३७ अंकले बढेर २ हजार ४०१ दशमलव ९१ विन्दुमा पुगेको छ ।
२ हजार ३७२ दशमलव शून्य ५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ३२ प्रतिशतले बढेको हो ।
कारोबारको पहिलो घण्टामा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ८४० कायम भएको छ ।
पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको २० हजार ९१८ पटकको कारोबारमा २८ लाख ८४ हजार २९० कित्ता शेयरको रू. १ अर्ब ८० करोड ५४ लाख बराबरको खरीदविक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार २२० मा कारोबार भइरहेको छ ।