काठमाडौं – ललितपुर फाइनान्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा रू. ४७ प्रतिशत कमी आएको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ४ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड ८ लाखमा सीमित भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमी आएको नाफा घटेको हो ।
चुक्तापूँजी रू. २३ करोड ६८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १४ करोड ४५ लाख सञ्चित गरेको हो । कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ६२ लाख रहेको छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव १८, मूल्य आम्दानी अनुपात ५ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. ६९ दशमलव ५७ रहेको छ ।