Home बजार नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

by अर्थन्यूज

काठमाडौं – शुक्रवारदेखि विक्री खुला भएको नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमा माघ ३० गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न लागेको हो ।

आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि-आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् । 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More