काठमाडौं – जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीको माघ १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/ ७७ को सञ्चित मुनाफाबाट ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ६० प्रतिशत गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड ९२ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्नेछ ।
Facebook Comments