काठमाडौं – मंगलवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ३२ दशमलव ८७ अंकले बढेर २ हजार ४४१ दशमलव ११ विन्दुमा पुगेको छ ।
२ हजार ४३४ दशमलव ४८ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ३६ प्रतिशतले बढेको हो ।
कारोबारको पहिलो घण्टामा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढको छ । त्यस्तै, गुराँस लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त र माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
पहिलो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको २० हजार २७५ पटकको कारोबारमा ३३ लाख ८४ हजार २०७ कित्ता शेयरको रू. १ अर्ब ८५ करोड ८६ लाख बराबरको खरीदविक्री भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६५५ मा कारोबार भइरहेको छ ।