Home बैंकिङलघुवित्त दोस्रो त्रैमासमा ग्लोबल आइएमई लघुवित्तको नाफा १२ करोड ९ लाख

दोस्रो त्रैमासमा ग्लोबल आइएमई लघुवित्तको नाफा १२ करोड ९ लाख

by अर्थन्यूज

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा रू. १२ करोड ९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५३ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ७ करोड ८७ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । साथै कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ५ करोड ८८ लाख खराब कर्जा उठाउन सफल भएकाले पनि नाफामा वृद्धि भएको हो । 

चुक्तापूँजी रू. ३३ करोड ८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ८ करोड ७९ लाख सञ्चित गरेको हो । कम्पनीको निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ । 

निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा शून्य दशमलव ९९ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ३ दशमलव ४६ प्रतिशत पुगेको हो । 

प्रतिशेयर आम्दानी रू. ७३ दशमलव १३, मूल्य आम्दानी अनुपात २० दशमलव ४४ गुणा र प्रतिशेयर नेटवपर्थ रू. १४७ दशमलव ६६ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More