काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलवार शेयर बजार २ दशमलव ७२ प्रतिशत बढेर बन्द भएको छ ।
यो दिन नेप्से परिसूचक ६५ दशमलव ४९ अंक बढेर २ हजार ४७३ दशमलव ७३ विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स भने ३ दशमलव २२ प्रतिशत बढेर ४५१ दशमलव ३८ विन्दुमा पुगेको छ । २ हजार ४३४ दशमलव ४८ विन्दुदेखि खुलेको बजार मंगलवार निरन्तर बढेर बन्द भएको हो ।
यस दिन रू. ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार बराबरको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर खरीदविक्री भएको छ । सोमवारको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो । सोमवार रू. ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार बराबरको १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर कारोबार भएको थियो ।
सोमवारदेखि सर्वाधिक रकमको कारोबार गर्ने पहिलो नम्बरको स्थान ओगटेको नेपाल पुनर्बीमा कम्पनीले मंगलवार पनि सो स्थान सुरक्षित राखेको छ । सोमवार रू. ५८ करोड ५६ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको कम्पनीको मंगलवार रू. ५८ करोड २५ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको छ ।
शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६५२ कायम भएको छ । यो कम्पनीको न्यूनतम रू. १ हजार ६२४ देखि अधिकतम रू. १ हजार ६८३ सम्मको मूल्यमा शेयर कारोबार भएको हो ।
मंगलवारको बजारबाट निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन डेड दर्जन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएकोमा धेरै जसो निर्जिवन बीमा कम्पनीहरु रहेका छन् । यस दिन प्रभु लाइफ र युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले र बाँकी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।
त्यस्तै सपोर्ट माइक्रोफाइनान्स र जनउत्थान सामूदायिक लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९५ प्रतिशत, अजोड इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ९० प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको ९ दशमलव ८८ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ८७ प्रतिशत, जनरल इन्स्योरेन्स र माउण्टेन इनर्जी नेपालको ९ दशमलव ८६ प्रतिशत बढेको हो ।
त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको ९ दशमलव ७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ९ दशमलव ५३ प्रतिशत, मल्टिपर्पस फिनान्सको ९ दशमलव ५२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९ दशमलव ४८ प्रतिशत, एभरेष्ट इन्स्योरेन्स सर्वसाधारण शेयरको ९ दशमलव ४० प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको ९ दशमलव २८ प्रतिशत र आरएसडिसी लघुवित्तको ९ दशमलव २० प्रतिशतले शेयरमूल्य बढेको हो ।
मंगलवार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५ दशमलव शून्य ४ प्रतिशतले बढेको छ भने होटल समूहको २ दशमलव ८५ प्रतिशतले घटेको छ । यो दिन बैंकिङको १ दशमलव ९९ प्रतिशत, व्यापारिकको १ दशमलव १२ प्रतिशत, विकास बैंकको १ दशमलव १४ प्रतिशत, जलविद्युतको १ दशमलव ८२ प्रतिशत बढेको छ । वित्तको शून्य दशमलव १३ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य १ प्रतिशत, अन्यको ४ दशमलव शून्य ७ प्रतिशत, लघुवित्तको ३ दशमलव ८ प्रतिशत, जीवन बीमाको ३ दशमलव ३५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशतले परिसूचक बढेको छ ।