काठमाडौं – चन्द्रागिरी हिल्स कम्पनीको शेयर कारोबार दोस्रो बजारमा आगामी साताबाट हुने भएको छ ।
आगामी साताबाट कारोबार हुने गरीे शेयर सुचिकरणको लागि प्रक्रिया अगाडि बढाएको कम्पनीले बताएको छ । कम्पनीको शेयर एक दुई दिनमा शेयर सुचिकरण हुनेसमेत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बताएको छ ।
कम्पनीले पहिलो कारोबारको लागि रू. ९६ दशमलव ९९ देखि रू. २९० दशमलव शून्य ७ ओपन रेञ्ज पाउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले पुस २४ गते देखि २८ गतेसम्म सर्वसाधारणको लागि १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओ गत माघ ९ गते बाँडफाट भएको हो ।