Home उद्योग वनमा आधारित उद्योग सञ्चालन गरिँदै

वनमा आधारित उद्योग सञ्चालन गरिँदै

by रासस

गण्डकी – सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासंघको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौं पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकार, प्रदेश अन्तर्गतका सामुदायिक वन समूह तथा निजी क्षेत्रको लगानीमा वन क्षेत्रमा खेर गइरहेका वन पैदावारको उपयोग गरी आयआर्जनसहित रोजगारी सृजना गर्ने खालका उद्योग सञ्चालन गर्ने भएको हो । सामुदायिक वन क्षेत्रमा रहेको काठ र गैरकाठलाई आधुनिक प्रविधिको माध्यमबाट बजारको आवश्यकता अनुसारका विभिन्न कच्चा पदार्थलगायत तयारी फर्निचर उत्पादन गरी विक्री वितरण गर्ने लक्ष्य रहेको महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले जानकारी दिए ।

गण्डकी प्रदेशको गौरवको योजनाका रूपमा सञ्चालन गरिने सो उद्योग स्थापना र सञ्चालनका लागि प्रदेश महासंघमा आबद्ध ३ हजार ९०० सामुदायिक वन उपभोक्ता समूहलाई लगानी गर्न आह्वान गरिने बैठकले निर्णय गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More