काठमाडौं – मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआरमार्फत भुक्तानी लिने कार्य सुरु गरेको छ ।
काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी क्यूआरकोडमार्फत भुक्तानी लिने कार्य सुरु भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन बैंक सञ्चालक समिति अध्यक्ष भरतराज ढकालले गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ, बैंक कर्मचारी, यातायात व्यवसायीलगायत सहभागी थिए ।
नेपाल यातायातमा यात्रा गर्नेले बसमा भएको मुक्तिनाथ बैंकको क्यूआरकोड स्क्यान गरी डिजिटल रूपमा भाडाबापतको रकम भुक्तानी गर्न सक्नेछन् ।
यातायात क्षेत्रमा सुरु गरिएको यो व्यवस्थाले खुद्रा पैसा सटही समस्याबाट मुक्ति पाइने, नोटको हिफाजतमा वृद्धि हुनुका साथै कोरोनाबाट बच्न सहयोग पुग्ने विश्वास बैंकको छ ।