Home साधारण सभा नेरुडे लघुवित्तको १४औं वार्षिक साधारणसभा फागुन २२ मा

नेरुडे लघुवित्तको १४औं वार्षिक साधारणसभा फागुन २२ मा

by अर्थन्यूज

काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा फागुन २२ गते हुने भएको छ । कम्पनीको माघ १८ गते बसेको बैठकले उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे सभा गर्ने भएको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राति गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव परित हुनेछ । 

साधारणसभा प्रयोजनको लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म शेयरधनी  दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन ६ गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More