Home साधारण सभा तारागाउँ रिजेन्सीले आव्हान गर्‍यो २४औं वार्षिक साधारण सभा

तारागाउँ रिजेन्सीले आव्हान गर्‍यो २४औं वार्षिक साधारण सभा

by अर्थन्यूज

काठमाडौं – तारागाउँ रिजेन्सी होटल लिमिटेडले २४औं वार्षिक साधारण सभा फागुन १४ गते आव्हान गरेको छ । 

कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, बौद्धमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीले सो सभामा भर्चुअल भिडियो कन्फरेन्समाध्यमबाट उपस्थित हुन अनुरोध गरेको छ । कम्पनीको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको प्रस्तावमा चुक्तापूँजीको १० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने रहेको छ । साथै लेखापरीक्षक नियुक्त गर्ने, समूह ‘ग’ का शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More