Home ऊर्जा ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ शुक्रवारदेखि विक्री खुला हुँदै

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ शुक्रवारदेखि विक्री खुला हुँदै

by अर्थन्यूज

काठमाडौं – ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गते (भोलि) देखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री गर्न लागेको हो । 

यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो । 

कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आईएस) रेटिङग प्रदान गरेको छ । उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।a

यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरोशेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

यो आईपीओ विक्री गर्न कम्पनीले गत माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४४ करोड रहेको छ । सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८० करोड पुग्नेछ ।

कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । उक्त कम्पनीले खानीखोला १ जलविद्युत् आयोजना सञ्चालक गरिरहेको छ । नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखा जिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनाबाट २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More