Home बजार पहिलो घण्टामा ०.२४ अंकले घट्यो नेप्से परिसूचक

पहिलो घण्टामा ०.२४ अंकले घट्यो नेप्से परिसूचक

by अर्थन्यूज

काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक शून्य दशमलव २४ अंकले घटेर २ हजार ४६६ दशमलव ६९ विन्दुमा पुगेको छ ।   

२ हजार ४७९ दशमलव ६१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य १ प्रतिशतले घटेको हो ।  

पहिलो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको १७ हजार ९३७ पटकको कारोबारमा २६ लाख ४६ हजार १२७ कित्ता शेयरको रू. १ अर्ब ६९ करोड ४२ लाख बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

कारोबारको पहिलो जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, ग्रामीण विकास लघुवित्त र बरुण हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म जनउत्थान सामुदायिक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ३३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३ हजार ७४५ मा कारोबार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More