Home फिचर साताको अन्तिम कारोबार दिन ८.३४ अंकले बढ्यो बजार

साताको अन्तिम कारोबार दिन ८.३४ अंकले बढ्यो बजार

by अर्थन्यूज

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीवार बजार २ हजार ४७५ दशमलव २६ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन बुधवारको भन्दा बजार ८ दशमलव ३४ अंक बढेको हो ।

२ हजार ४७९ दशमलव ६१ विन्दुदेखि खुला भएको बिहीवारको बजार १३ मिनेट अवधिको कारोबारमा २ हजार ४४३ दशमलव ६९ विन्दुसम्म झरेको थियो ।

त्यसपछि बढेको बजार २ हजार ४८१ दशमलव ५५ विन्दुसम्म पुगेर फर्केको हो । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ६८ अंक बढेर ४५४ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।

बुधवारको तुलनामा नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधवार रू. ९ अर्ब ५३ करोड १७ लाख १६ हजार बराबरको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर कारोबार भएकोमा बिहीवार रू. ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार बराबरको १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता शेयर कारोबार भएको हो ।

यो कारोबार २०१ ओटा कम्पनीको ७२ हजार १७० पटकको व्यापारमा भएको हो । यसदिन सर्वाधिक रकमको कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २७ करोड ५३ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३ ले घटेर अन्तिम मूल्य रू. १ हजार ५९३ कायम भएको छ । यसदिन न्यूनतम रू. १ हजार ५८५ देखि अधिकतम रू. १ हजार ६१९ सम्मको मूूल्यमा उक्त कम्पनीको शेयर कारोबार भएको छ ।

बिहीवार व्यापारिक समूह र लघुवित्तको परिसूचक सर्वाधिक बढेको छ । व्यापारिक समूहको ४ दशमलव ५१ प्रतिशत र लघुवित्तको ३ दशमलव ५२ प्रतिशत परिसूचक बढेको हो । 

त्यस्तै जलविद्युतको १ दशमलव ९२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ३९ प्रतिशत र अन्यको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढ्दा बाँकी समूहको भने घटेको छ ।

यसदिन बैंकिङको शून्य दशमलव ४३ प्रतिशत, होटल्सको शून्य दशमलव ९९ प्रतिशत, विकास बैंकको शून्य दशमलव २५ प्रतिशत, वित्तको शून्य दशमलव ९८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १ प्रतिशत परिसूचक घटेको छ ।

सामान्य अंकले बढेको बजारमा १५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यो दिन सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १७५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९२५ पुगेको हो ।

 त्यस्तै समिट लघुवित्त र सामूदायिक लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, महुँली सामूदायिक लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ९ दशमलव ९७ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स र किसान लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ९ दशमलव ९० प्रतिशत बढेको छ ।

त्यसैगरी सिनर्जी पावरको ९ दशमलव ८८ प्रतिशत, राधी विद्युत् र माउण्टेन हाइड्रो नेपालको ९ दशमलव ८७ प्रतिशत, पाँचथर पावर कम्पनीको ९ दशमलव ७८ प्रतिशत, स्वाभिमान लघुवित्तको ९ दशमलव ७२ प्रतिशत र बरुण हाइड्रोको ९ दशमलव ६१ प्रतिशत शेयरमूल्य बढेको हो । 

निरन्तर सकारात्मक सर्किट लेभलमा शेयरमूल्य बढ्दै आएको प्रभु लाईफ इन्स्योरेन्सको शेयरमूल्य बिहीवार भने सर्वाधिक ३ दशमलव ४६ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. ३२ ले घटेर उक्त कम्पनीको शेयरमूल्य रू. ८९३ कायम भएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More