काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार सिभिल बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २१५ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २३२ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न फागुन ९ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आफ्नै केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा साधारण सभा बोलाएको हो ।