Home बैंकिङलघुवित्त दोस्रो त्रैमासमा आँधिखोला लघुवित्तको नाफा १०३% बढ्यो

दोस्रो त्रैमासमा आँधिखोला लघुवित्तको नाफा १०३% बढ्यो

by अर्थन्यूज

काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा १०३ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ८८ लाख ६६ हजार नाफा कमाएको चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ करोड ८० लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । 

साथै, कम्पनीले सोही अवधिमा रू. ५९ लाख ७ हजार खराब कर्जा उठाउन सफल भएकाले पनि नाफा बढ्न सहयोग पुगेको हो । चुक्तापूँजी रू. १० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ५ करोड ८७ लाख सञ्चित गरेको छ । 

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.४३ करोड ६६ लाख  सापटि लिएर, रू. ३३ करोड ६ लाख निक्षेप संकलन गरेर रू. ८९ करोड ५५ लाख कर्जा लगानी गरेको हो । सोही अवधिमा कम्पनीको पूँजी कोष प्रयाप्तता १५ दशमलव ८४ प्रतिशत, निष्क्रिय कर्जा ४ दशमलव ४० प्रतिशत र पूँजी कोष लागत ७ दशमलव ३० प्रतिशत रहेको छ । 

प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ०४, मूल्य आम्दानी अनुपात १२ दशमलव ०४, तरलता अनुपात ५ दशमलव ७० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव ७३ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More