Home बजार शुक्रबार एकैदिन ११ सयले घट्यो सुनको भाउ

शुक्रबार एकैदिन ११ सयले घट्यो सुनको भाउ

by अर्थन्यूज

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनकाे मूल्यमा ओरालाे यात्रा तय गरेकाे छ । 

शुक्रबार सुनकाे मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर प्रतिताेला ९० हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक हजार एक सय रूपैयाँले नै घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ९० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More