Home कोरोना विशेष कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा

कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा

by रासस

विराटनगर – कोरोना माहामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको विराटनगरमा आयोजित भेलाका अवसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना संक्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग १० हजार निजी विद्यालयमध्ये करीब एक हजार विद्यालय (१० प्रतिशत) बन्द हुने अवस्थामा पुगेको जानकारी दिए ।

उनले केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार बन्द हुने अवस्थामा पुगेका विद्यालयको पूँजी तथा रोजगारी संरक्षण गर्न अन्य विद्यालयमा समाहित गर्न सरकारले विशेष सहुलित दिनुपर्ने बताए । 

अति प्रभावित निजी विद्यालयलाई बैंकबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानका लागि आगामी असार मसान्तसम्म समय थप दिनुपर्ने र त्यस अवधिमा कालो सूची तथा लिलामीको प्रक्रियामा नराख्न सरकारसँग आग्रह गरिने निर्णय भएको उनले जानकारी दिए । 

दुईदिने भेलामा केन्द्रीय कार्य समितिका ९० जनाको सहभागिता रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More