Home मौसम सिमभञ्ज्याङमा हिउँ: हेटौँडा–काठमाडौंतर्फको यातायात अवरुद्ध

सिमभञ्ज्याङमा हिउँ: हेटौँडा–काठमाडौंतर्फको यातायात अवरुद्ध

by रासस

हेटौँडा – त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौंतर्फको यातायात सेवा आइतवार बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् । अहिले सिमभञ्ज्याङमा घाम लागिरहेको पालुङ प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More