Home शेयर बजार साल्ट ट्रेडिङ्गको २५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

साल्ट ट्रेडिङ्गको २५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

by अर्थन्यूज

काठमाडौं – साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत मंसिर ३० गते सम्पन्न ५३औं वार्षिक साधारणसभाबाट पारित २५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ । 

साथै मंसिर १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई क्रमशः उक्त बोनस शेयर जम्मा गरिने कम्पनीले जनाएको छ । 

मंसिर १४ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ ।

यदि राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न शेयरधनीहरुलाई सम्पर्क राख्न भनिएको छ । त्यस्तै सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफु कहाँ ति शेयरधनीहरुको शेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्कामा राख्नु पर्ने भए बोनस शेयरसमेत रोक्कामा राख्ने तर्फ आवश्यक पहलकदमी गर्न समेत कम्पनीले सूसुचित गराएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More