Home लगानि कामना सेवा विकास बैंकको १० वर्षे ऋणपत्रमा आवेदन दिने म्याद थप

कामना सेवा विकास बैंकको १० वर्षे ऋणपत्रमा आवेदन दिने म्याद थप

by अर्थन्यूज

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले रु. १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने रु. १ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले छिटोमा माघ २६ गते (आज) सम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भएपनि प्रयाप्त आवेदन नपरेपछि आगामी फागुन ६ गते बैंकिङ्ग समयसम्म समय थप गरेको हो ।

बैंकले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको छ । बैकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन सकिने छ । 

१० लाख कित्तामध्ये ६ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गरिने छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिनेछ । सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागिनै निष्कासन गरिने बैंकले जनाएको छ । 

ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More