काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरणअनुसार कम्पनीले दोश्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ करोड ३ लाख १३ हजार रुपैयाँले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५१ लाख ७८ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बिमाशुल्कबापत ९५ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आय ३४ करोड ८५ लाख रुपैयाँमा सिमित थियो ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा १७ करोड १९ लाख ९४ हजार रुपैयाँ रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:
