Home ऊर्जा ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने

by अर्थन्यूज

काठमाडौं – ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) आजबाट बन्द हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै निष्कासन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रह र सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलार्ई माघ २७ गते (आज) बैंकिङ्ग समय पश्चात आवेदन बन्द गर्न निर्देशन दिएको हो । कम्पनीले गत २३ गतेदेखि प्रतिशेयर रू. १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको थियो ।  

यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरेको हो । कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आईएस) रेटिङग प्रदान गरेको छ । उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More