Home लगानि टेस्लाले किन्यो डेढ अर्ब डलरको बिट्क्वाइन

टेस्लाले किन्यो डेढ अर्ब डलरको बिट्क्वाइन

by अर्थन्यूज

सन फ्रान्सिस्को (अमेरिका) – अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकले १ अर्ब ५० करोड डलर मूल्य बराबरको भर्चुअल मुद्रा बिट्क्वाइन किनेको छ । 

अमेरिकी शेयर नियामक ‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन’ (सेक)लाई बुझाइएको एक फाइलिङमा कम्पनीले यस्तो बताएको हो । कम्पनीले नगदमा प्रतिफल बढाउन र लगानी विविधीकृत गर्न बिट्क्वाइन किनेको फाइलिङमा भनिएको छ । 

कम्पनीले आफ्नो उत्पादनको विक्रीमा ग्राहकहरूले बिट्क्वाइनमा दिने भुक्तानी पनि स्वीकार गर्ने टेस्लाले बताएको छ । यस्तो गर्ने टेस्ला पहिलो प्रमुख अटो निर्माता हुनेछ । 

सन् २०१९ को अन्त्यसम्ममा टेस्लासँग १९ अर्ब डलरभन्दा बढीको नगद रहेको थियो । दुई हप्ता अघि टेस्लाका सीईओ एलन मस्कले ट्विटर बायोमा ह्याशट्याग थपेका थिए । 

उनको सो कदमलगत्तै बिट्क्वाइनको भाउ २० प्रतिशतसम्म बढेको थियो । टेस्लाको पछिल्लो घोषणासँगै सोमबार बिट्क्वाइनको भाउ बढेर ४४ हजार ८०१ डलर ८७ सेन्टको नयाँ उचाईमा पुगेको छ । 

नियमित समयअघिको कारोबारमा टेस्लाको शेयर मूल्य पनि प्रतिकित्ता साढे २ प्रतिशतभन्दा धेरैले बढेको थियो । एजेन्सी

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More