Home बजार एकैदिन तोलामा १ हजार ५०० ले बढ्यो सुनको भाउ

एकैदिन तोलामा १ हजार ५०० ले बढ्यो सुनको भाउ

by अर्थन्यूज

काठमाडौं – मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. १ हजार ५०० ले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १ हजार ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ४०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ९५० मा कारोबार भएको थियो । 

यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार ३४० मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. २५ ले बढेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More