काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यी दुई कम्पनी बीच गत माघ २६ गते प्राप्ति गर्ने सम्झौता भएको हो ।
प्राप्ति सम्झौतामा मर्जर तथा प्राप्ति समितिका संयोजकद्वय इन्फिनिटी लघुवित्तको तर्फबाट बलराम विष्ट र नेपाल एग्रोको तर्फबाट विवेक श्रेष्टले हस्ताक्षर गरेका छन् ।
यी दुवै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हुन् । इन्फिनिटी लघुवित्तको चुक्तापूँजी रू.२६ करोड ६ लाख ५० हजार र नेपाल एग्रो लघुवित्तको चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार रहेको छ ।
Facebook Comments