काठमाडौं – चालू आर्थिक वर्षको ६ महीनासम्म शिवम् सिमेण्ट्स लिमिटेडले रू. ५८ करोड ९६ लाख ७२ हजार खुद नाफा गरेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष १६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. ५० करोड ७७ लाख ५१ हजार खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको आम्दानीमा कमी आएपनि खर्च कम भएकाले नाफा बढेको हो । गत वर्ष रू. ४ अर्ब ७० करोड ८७ लाख ३७ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४ अर्ब २९ करोड ८ लाख ४० हजार कुल आम्दानी गरेको हो । गत वर्ष रू. ४ अर्ब १० करोड ११ लाख १९ हजार खर्च गरेको कम्पनीले यस वर्ष भने रू. ३ अर्ब ५८ करोड ९० लाख ३३ हजार मात्र खर्च गरेको छ ।
हाल रू. ४ अर्ब ४० करोड चुक्तापूँजी भएको कम्पनीको शेयर प्रिमियम रकम रू. ९५ करोड ६२ लाख ३३ हजार र अन्य सम्पत्तिमा रू. ३ अर्ब ६१ करोड २१ लाख ४३ हजार रहेको छ ।
कम्पनीको कुल चालू सम्पत्ति रू. ४ अर्ब ७२ करोड ५ लाख ८३ हजार रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २६ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रू. २०३ दशमलव ८३ रहेको छ ।