Home ऊर्जा राधी विद्युतले फागुन १९ गते साधारण सभा गर्ने

राधी विद्युतले फागुन १९ गते साधारण सभा गर्ने

by अर्थन्यूज

काठमाडौं – राधी विद्युत कम्पनी लिमिटेडले फागुन १९ गते वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको माघ २६ गतेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने भएको हो । सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन, वासलत, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण पारित गर्नेछ । 

साथै, गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण सँगै स्वतन्त्र सञ्चालक बाहेकका सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फाुगुन ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More