काठमाडौं – मंगलवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १५ दशमलव शून्य ७ अंकले घटेर २ हजार ५४६ दशमलव ४० विन्दुमा पुगेको छ ।
२ हजार ५६२ दशमलव ४३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ५९ प्रतिशतले घटेको हो ।
पहिलो घण्टाको अवधिमा १६९ ओटा कम्पनीको ९ हजार १७६ पटकको कारोबारमा १५ लाख ८२ हजार १९ कित्ता शेयरको रू. ९० करोड ७६ लाख ३३ हजार बराबरको खरीदविक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म ग्रामीण विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार २३ मा कारोबार भइरहेको छ ।