Home बैंकिङ निष्क्रिय कर्जा बढेसँगै निर्धन उत्थानको नाफा ८५% घट्यो

निष्क्रिय कर्जा बढेसँगै निर्धन उत्थानको नाफा ८५% घट्यो

by अर्थन्यूज

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८५ प्रतिशतले कमी आएको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ४० करोड ४१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५ करोड ७१ लाखमा सीमित भएको हो ।  

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ८५ प्रतिशतले घटेकाले र निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ५३ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर १५ दशमलव १५ प्रतिशत पुगेको हो ।

चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. २ अर्ब ८८ करोड ९३ लाख सञ्चित गरेको हो । प्रतिशेयर आम्दानी रू. ७ दशमलव ६३, मूल्य आम्दानी अनुपात १७६ दशमलव २४,तरलता अनुापत १२ दशमलव ९४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २९२ दशमलव ९२ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More