Home विकास कर्णाली प्रदेशमा ९२ करोडको बजेटमा ९७ ओटा आयोजना निर्माण गरिँदै

कर्णाली प्रदेशमा ९२ करोडको बजेटमा ९७ ओटा आयोजना निर्माण गरिँदै

by रासस

सुर्खेत – पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रू. ९२ करोड ३७ लाखको बजेटमा ९७ ओटा आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार ओटा किलोमिटर पक्की सडक निर्माण गरेको छ ।  

प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र दुई ओटा झोलुंगे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।

‘आगामी असार मसान्तसम्म हामीले सुर्खेत जिल्लामा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएका छौंँ’, निर्देशक पौडेलले भने, ‘७० किलोमिटर सडकमा नाली बनाउने, ग्राभेलिङ गर्ने र बाटोको स्तरवृद्धि हुने छ ।’ अहिले जाडो समयमा कालोपत्रे गर्न नमिल्ने भएकाले आगामी फागुनदेखि धमाधम काम हुने बताइएको छ । 

निर्देशक पौडेलका अनुसार चालू आव २०७७/०७८ भित्रै ५० किमी नयाँ साधारण मार्ग खोलिने र जनता आवास कार्यक्रमअन्तर्गत ५०० घर निर्माण हुनेछन् । निर्देशनालयले निर्देशित कार्यतालिकानुसार काम अघि बढेको जनाउँदै लक्ष्यबमोजिम आयोजना सम्पन्न हुने जिकिर गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More